पर्सा – क्याप्टिभेटिङ इन्टर नेसनल फाउण्डेशनको सहयोगमा र आसमान नेपालको आयोजनामा आज साइकल तथा शैक्षिक समाग्री बितरण गरिएको  छ ।

“बालिकालाई पछाडि नपारौ” संचालित परियोजना अन्तर्गत शुक्रबार जिराभवानी गाउँ पालिकाको दातृ सिकाइ केन्द्रमा ९ महिनाको पढाई पुरा गरी विधालय भर्ना भएको ३० जनालाई शैक्षिक सामग्री, विधालय पोसाक र ३१ जना किशोरीहरुलाई साइकल वितरण गरिएको छ ।

प्र.अ कृपासेनदु प्रसाद पटवारीको अध्यक्षतामा भएको कार्यक्रममा वाडा अध्यक्ष रामशरण खवासले अध्यनरत किशोरीहरुलाई नियमित विधालय आउन सुझाव दिएका थिए।

कार्यक्रममा सहभागी गाउले हरु सग कुरा गर्दै उहाले पढाइ बाट नै गरिबी निवारण हुने भएकोले आफ्ना नानी बाबु हरुलाई विधालय पढाउन सुझाए थिए ।

कार्यक्रममा वडा अध्यक्ष महादेव महतो , शिक्षा शाखा प्रमुख शिवराज फुयाँल, सन्तोष श्रेष्ठ, आसमान नेपाल जिरा भवानीका संयोजक धर्मेन्द्र चौरसिया, सहजकर्ताहरू लालमती कुमारी, इन्द्रमा कुमारी लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्