जनकपुरधाम- विपक्षी दलहरूले मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको रातो किताब पुनर्लेखनको माग गरेका छन् ।
मधेश प्रदेश सभामा शुक्रबारदेखि सुरु भएको बजेटमाथिको छलफलको क्रममा विपक्षी दलहरूले रातो किताब पुनर्लेखनको माग गरेका हुन् ।
बजेटमाथि असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले बैठकसमेत अवरुद्ध गरेका छन् । दिउँसो २ बजे सुरु भएको बैठकको सुरुमै विपक्षी दलमध्येबाट लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानी शर्मा तिवारीले रातो किताब संशोधन नगर्दासम्म बजेटमाथि छलफल गर्नु औचित्यहीन हुने बताइन्।
त्यसपछि लोसपासँगै नेपाली कांग्रेस, जसपा नेपाल र राप्रपाका सांसदहरू उठेर सदन अवरुद्ध गरे । अवरोधपछि १० मिनेटका लागि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका थिए ।
त्यसपश्चात सरकार र विपक्षी दलहरूको बैठकमा विनियोजन विधेयक संशोधन गर्ने सहमति भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
त्यसपछि पुनः बसेको बैठकमा बजेटमाथि छलफल सुरु भएको थियो । छलफलको क्रममा आफ्ना धारना राख्दै कांग्रेस सांसद कौशल किशोर रायले रातो किताब संशोधनको माग गरे ।
कांग्रेसकै सांसद श्यामप्रसाद पटेलले सरकारले ५० लाखभन्दा कमको योजना नराख्ने बताए पनि १० लाखसम्मको योजना राखेकोमा आफू चकित भएको बताए । बजेटले मधेश सरकारको ठूलो बदनाम भएको उनको आरोप छ । उनले पनि रातो किताब संशोधनको माग गरे ।
साथै उनले वीरगंंजका नगर प्रमुखले एक सार्वजनिक कार्यक्रममा सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकारबाट २९ करोड बजेट ल्याउन आफुले कमिसन बापत रकम दिनु परेको दिएको अभिव्यक्ति लाई प्रदेस सरकारले खण्ड गर्नु पर्ने समेत चुनैती दिएका थिए । भिडियो हेर्न यहाँ थिचुनोला