२०८२ बैशाख १३ गते, शनिबार २३:३६

रौतहट- रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार भएको छ । छुरा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-९ बस्ने १८ वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका- ९ बस्ने १८ वर्षीय शिवमकुमार सहनी रहेका छन् । गुप्ताको समूह र गौर नगरपालिका ३ बस्ने १६ वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँ घर भई मित्र मेमोरियल कलेजमा अध्ययनरत १६ वर्षीय अभिनाश कुमार यादवबिच विवाद भएको थियो ।

विहिबार घटना पश्चातापका तस्विर

केही दिन अघि विद्यालय पढ्न जाँदा राइस मिलको पश्चिमतर्फको सडकमा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा रिसिइबी भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार सोही रिसिइबीको कारणले बिहीबार राति सवा ८ बजेउनीहरूमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएको प्रवक्ता गिरीले जानकारी दिइन्।

उनीहरूलाई खोजतलास गर्दै जाँदा घरकै कोठामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको थियो । तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप भएको छ । यसबारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस