मनोज यादव
सर्लाही २२ असाढ 
सर्लाहीको मलंगवा नगरपालिका वडा न-२ मा नाला निर्माणको कार्य गुणस्तरिय नभएको भन्दै स्थानीयहरुले आपत्ती जनाएका छन् ।

पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीको करिब ४० लाखको लागतमा मलंगवा नगरपालिकाको वडा न- २ स्थित कृष्ण चोकदेखि उत्तर जाने बाटोको दुवै तर्फ निर्माणाधिन अवस्थामा रहेको नाला गुणस्तरहिन भएको भन्दै स्थानीयहरुले आपत्ती जनाएका हुन ।

आर्थिक वर्षको अन्त्यमा आएर हतार हतारमा उपभोक्ता समिति बनाएर सो वडाको कृष्ण चोकदेखि उत्तर जाने बाटोको दुवै तर्फको निर्माण भइरहेको करिब २ सय ५० मिटर नाला प्रति सरोकारवाला निकायको मौनताकै कारण काम गुणस्तरहिन नभएको स्थानीयले बताएका छन् ।

नाला निर्माणको सम्पूर्ण काम प्राविधिकले लेवरहरुको भरमा छोड्दा गुणस्तरहिन काम भएको छ ।

सडक भन्दा माथि नाला निर्माण गरिएको,नाला बाङ्गो टिङ्गो बनाइएको,नाला माथि राखिने स्ल्याबमा रडको प्रयोग नगरिएको स्ल्याब र नाला अहिलेनै भत्किएको, नाला ढलान गर्दा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरिएको स्थानीयहरुको भनाई छ ।

राजनितिक आग्रह पुर्वाग्रह नगरेको र नाला निर्माण क्षेत्रमा जग्गाको संरचना नै बाङ्गो टिङ्गो भएकोले सोही अनुसार नाला निर्माण गरिएको वडा अध्यक्ष धिरेन्द्र साहको भनाइ छ। विशेष प्राविधिक कुराहरु आफुलाई थाहा नभएकोले प्राविधिकहरुलाई लिएर स्थलगत निरिक्षण गरिसकेपछि समस्या भएको छ भने सुधार गरेर जाने उनले बताए ।

पुर्वाधार विकास कार्यालयको काम प्राविधिक स्टमेट अनुसार नै हुने भएकोले काम सुरु गर्नु भन्दा पहिलै निर्माण समितिको अध्यक्ष र वडा कार्यालयलाई प्राविधिक स्टमेट दिएकोले काम सम्पन्न नहुँदा सम्म कुनैपनि बाहनामा भुक्तानी नदिने पुर्वाधार विकास कार्यालय मलंगवाका सब ईन्जिनियर अमरनाथ यादवले बताए ।

आर्थिक वर्षको अन्त्यमा काम सकाउनका लागि मात्रै काम गर्ने तर गुणस्तरको कुनै ख्याल नगर्ने गरिएका कारण नाला निर्माणकै चरणमा स्याल्वहरु फुट्न तथा नाला भत्कीन थालेका छन,भने हतार हतारमा नाला निर्माणका लागि खाडल खन्ने तर निर्माण नगर्ने गर्दा भौतिक क्षती मात्र नभई वर्षाको समयमा हिल्लामे हुने चिन्ता स्थानीयहरुमा देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्