पर्सा – देशकै प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगंज मा धूम धामका साथ निकालिएको छ ।
गहवामाई मन्दिरको प्राङ्गण बाट आज विहान साढे ६ बजेबाट निकालिएको रथयात्रा घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान परिक्रमा गर्दैछ । नगरको विभिन्न परिक्रमा पश्चात रथयात्रा पुनः गहवामाई मन्दिरको प्राङ्गण पुग्नेछ । रथयात्रामा हजारौंको संख्यामा भक्तजनहरु सहभागी भएका छन् ।
भा।तको रक्सौल र पर्सा आसपासका जिल्लाहरु देखि गाउँगाउँबाट भक्तजनहरु रथयात्रामा सहभागी भएका समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनले भने ‘गहवामाई मन्दिर प्राङ्गणमा आज साँझ ६ बजे देखि भजन कीर्तनका कार्यक्रम हुनेछ । ’ यसैगरी भोलि साँझ ५ बजे महाभंडारा ९प्रसाद ग्रहण कार्यक्रम० रहेको पोखरेलले बताए ।
यो रथ यात्राले वीरगन्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणका निम्ति सहयोग पुग्ने विश्वास स्थानीयहरुको छ