काठमाडौँ – एप्पलले क्यामेरा सहित भएको एयरपड्स ल्याउने भएको छ ।
एप्पल विश्लेषक मिङ चि कुओका अनुसार कम्पनीले सन् २०२६ तिर यस्तो एयरपड्स ल्याउने छ । आईफोनको फेस आईडी रिसिभरमा जस्तो किसिमको इन्फ्रारेड क्यामेरा हुन्छ, नयाँ एयरपड्समा पनि त्यही किसिमको क्यामेरा हुने उनको दाबी छ ।
यो एयरपड्स लगाएपछि त्यसले प्रयोगकर्ताको वरपर कस्तो किसिमको परिवर्तन भइरहेको छ भन्ने पहिचान गर्छ । र, त्यही वातावरण अनुसार स्पासियल अडियोको अनुभव दिन्छ ।
यो एयरपड्समा प्रयोगकर्ताले वास्तविक अडियो सुनेको अनुभव दिन जता टाउको फर्कायो, उतै बढी आवाज आउने सुविधा हुने छ ।
यसैका लागि कम्पनीले इन्फ्रारेड क्यामेरा राखेको बताइएको छ । अर्थात् यस एयरपड्सले टाउकोलाई ट्रयाक गर्नेछ र त्यही अनुसारको अडिओ अनुभव उपलब्ध गराउनेछ ।