पर्सा – पर्सा प्रहरीले १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ मूल्य बराबरको सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँच चौकी नजिकै सडकमा रोकिराखेका २ वटा ट्रकबाट हार्डवेयर र मोटर पार्टस् बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले २ वटा मालवाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटर पार्टस् आजै कानूनी प्रक्रिया पुर्‍याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नम्बरको २ वटा ट्रकबाट बिल नभएको उक्त समान बरामद गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्