पर्सा – रौतहटको यमुनामाई गाँउपालिकामा एक महिलाको शव खोलामा फेला परेको छ ।
यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी ३० वर्षिया महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
आज बिहान स्थानियले खोलामा महिलाको शव देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । पानीमा महिलाको शव रहेको भन्ने सूचना आए पछि सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलविछवाबाट विपद् उद्दारका सामग्री सहित टोली परिचालन भएको थियो ।
मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।