काठमाडौँ- मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  र बाँकी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्