डा नेहा होमागाईं

बाँझोपन यस्तो प्रजनन् अवस्था हो जसले पुरुष र महिला दुवैलाई असर गर्छ। यसले गर्भधारणलाई निकै चुनौतीपूर्ण बनाउँछ। बाँझोपनसँग संघर्ष गरिरहेका धेरै दम्पतीहरू महिला साथीकै प्रजनन् समस्याका कारण आफ्नो सन्तान नभएको हो भन्ने भ्रममा हामीसँग आएर  सम्पर्क गर्छन्। यद्यपि हामीले भने गर्भावस्थामा पुरुष बाँझोपनले पनि समान रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर बुझ्नुपर्छ।

नेशनल लाइब्रेरी अफ मेडिसिन (फेब्रुअरी २०२४) को तथ्याङ्कले विश्वव्यापी बाँझोपनका केसहरूको २० प्रतिशत हिस्सामा पुरुषहरूको योगदान रहेको बताउँछ। प्रभावित पुरुषहरूको संख्या यति धेरै भएता पनि पुरुष बाँझोपन महत्त्वपूर्ण सामाजिक परिणामहरूको साथमा एक निषेधित विषयको रूपमा रहेको छ। जसले पुरुषहरूलाई उनीहरूको अवस्थाका कारण लज्जित महसुस गराउँछ र यसको बारेमा खुला छलफल गर्नमा समेत बाधा पुर्‍याउँछ। खुसीको कुरा यो हो कि आजकल पुरुषहरूले प्रजनन् विशेषज्ञहरूसँग खुलेर आफ्ना समस्याहरूबारे बताउन र चिकित्सा उपचार प्राप्त गर्न सक्छन्।

बाँझोपनका कारण पुरुषहरू पनि हुने भएकाले पुरुष बाँझोपनका सामान्य कारणहरूको बारेमा जान्नाले तपाईंलाई लक्षणहरू पहिचान गर्न र आवश्यक भएमा मद्दत प्राप्त गर्न सहयोग हुन सक्छ।

पुरुष बाँझोपनका तीन सामान्य कारणहरू
पुरुष बाँझोपनको कारण पत्ता लगाउन गाह्रो हुन सक्छ। यो धेरै कारणहरूबाट उत्पन्न हुन सक्छ।जस्तै शुक्राणु उत्पादनमा समस्या, हार्मोनल असन्तुलन, आनुवंशिक कारकहरू, संरचनात्मक समस्याहरू, यौन संचारित रोगहरू, धूम्रपान र मद्यपानजस्ता जीवनशैलीका समस्याहरू तथा वातावरणीय कारकहरू। म पुरुष बाँझोपनकामुख्य तीन कारणहरूकोरूपरेखा संक्षिप्त रूपमा दिँदैछु।

कम शुक्राणु गणना
पुरुष बाँझोपनको एक सामान्य कारण पर्याप्त स्वस्थ शुक्रकीट उत्पादन नहुनु होजसले निषेचन गर्न गाह्रो बनाउँछ। एउटा मुख्य कारण अण्डकोषमा नलीहरू ठूलो हुनाले शुक्रकीटको उचित विकासको लागि अण्डकोष धेरै तातो हुने अवस्था हो जसलाई भेरीकोसिल्स भनिन्छ। भेरिकोसिलले पुरुष बाँझोपनका घटनाहरूको करिब ४० प्रतिशत हिस्सा ओगट्छ (राष्ट्रिय स्वास्थ्य संस्थान, २०२१)।

शुक्राणुको संख्या कम हुनुको अर्को कारण योनाङ्गको वीर्य बोक्ने नलीहरूमा अवरोध हुनु पनि हो। शुक्रकीटले अण्डकोष, निकास नली, भास डेफेरेन्स, एपिडिडाइमिसवा इजाकुलेटरी डक्टहरूजस्ता विभिन्न बाटो भएर यात्रा गर्दछ। यीमध्ये केही ट्यूबहरू चोटपटक, संक्रमणवा आघातको कारणले अवरुद्ध हुन सक्छ। एउटा मात्र बाटो अवरुद्ध हुँदा पनि अण्डासम्म पुग्ने शुक्रकीटको संख्या कम हुन्छ।

यसका साथै मोटोपन, धुम्रपान, मद्यपान र लागूपदार्थको प्रयोगले पनि शुक्राणुको संख्यामा ह्रास आउन सक्छ। यी समस्याहरू सामान्यतया अल्ट्रासाउन्ड स्क्यान प्रयोग गरेर पत्ता लगाइन्छ। यदि तपाईं यी अवस्थाहरूका बावजुद अझै पनि स्वस्थ शुक्राणु उत्पादन गर्दै हुनुहुन्छ भने तपाईंलाई सानो सर्जिकल प्रक्रिया आवश्यक पर्दछ। कुनै कुनै अवस्थामास्खलित वीर्यमा शुक्राणु नहुन सक्छन्तर शुक्राणु पुन: प्राप्त गर्ने प्रविधिहरूले प्रजनन् क्षमता बढाउनमद्दत गर्न सक्छ।

शुक्राणु वितरण
शुक्राणु वितरणमा हुने समस्याहरूको कारण पनि पुरुषमा बाँझोपन हुन सक्छ। यो भनेको शुक्रकीटलाई अण्डकोषबाट स्खलनसम्म यात्रा गर्न गाह्रो हुने अवस्था हो। कहिलेकाहीँ शुक्राणुहरूको आकारमा पनि दोष हुन्छन्। जस्तो, एकभन्दा बढी टाउको वा पुच्छरहरू भएका शुक्राणुहरूलाई अण्डामा पौडिन गाह्रो हुन्छ।

यसका साथै भेरिकोसिल्स र अवरुद्ध नलिकाहरूले पनि वीर्य स्खलनको समयमा शुक्रकीट छोड्न अवरोध हुन सक्छ। शुक्रकीट लिंगको माध्यमबाट बाहिर निस्कनुको सट्टा मूत्राशयमा प्रवेश गर्ने रेट्रोग्रेड इजाकुलेसन जस्ता अवस्थाहरूले पनि शुक्राणु वितरणमा बाधा पुर्‍याउन सक्छ। यी समस्याहरूलाई सम्बोधन गर्न शल्यक्रिया वा असिस्टेड प्रजनन् प्रविधि (एआरटी) सहितका उपचारहरू आवश्यक पर्दछ।

हर्मोनल असन्तुलन
हार्मोनल असन्तुलनले सामान्यतया शुक्राणु उत्पादन र प्रजनन् क्षमतामा बाधा पुर्‍याउन सक्छ। शुक्रकीटको उत्पादनमा संलग्न मुख्य हार्मोनहरू टेस्टोस्टेरोन (पुरुष सेक्स हार्मोन), फोलिकल-उत्तेजक हर्मोन (एफएसएच) र लुटेनाइजिंग हार्मोन (एलएच) हुन्। अण्डकोषले पर्याप्त मात्रामा टेस्टोस्टेरोन उत्पादन नगरेको खण्डमा शुक्रकीटको गुणस्तर र संख्या कम हुन सक्छ। पिट्यूटरी ग्रन्थीले शुक्राणु र टेस्टोस्टेरोनलाई रेगुलेट गर्नको लागि एफएसएच र एलएच उत्पादन गर्दछ।

यदि यी हार्मोनहरू सन्तुलन बाहिर भएमा शुक्राणु उत्पादनमाबाधा हुन सक्छ। उच्च प्रोल्याक्टिन स्तरहरूले एफएसएच र एलएचका स्तरहरू पनि कम गर्न सक्छ जसले शुक्राणु उत्पादनलाई असर गर्न सक्छ। थाइरोइड वा एड्रेनल ग्रन्थीबाट हुने अन्य हार्मोनल समस्याहरूले पनि प्रजनन् क्षमतालाई असर गर्न सक्छ। यी समस्याको उपचारका लागि हर्मोन प्रतिस्थापन, औषधीको प्रयोग र जीवनशैली परिवर्तनका विधीहरू उपलब्ध छन्।

पुरुष बाँझोपनको लागि चिकित्सा सहायता
यदि तपाईंसँग यीमध्ये कुनै पनि अवस्था छ भने इन्दिरा आईभीएफमा विशेषज्ञ डाक्टरहरूसँग परामर्श गर्नुहोस्। हामी तपाईंको आवश्यकता अनुसार तपाईंको परीक्षण र उपचार गर्न नवीनतम प्रविधिहरू प्रयोग गर्दछौं। परीक्षणमा पूर्ण चिकित्सा र शारीरिक परीक्षण, वीर्य विश्लेषण, रक्त परीक्षण, आनुवंशिक परीक्षणर यूएसजी जस्ता इमेजिङ प्रविधिहरू समावेश हुन सक्छन्।

एकपटक तपाईंको प्रजनन् स्वास्थ्य मूल्याङ्कन गरेपछि हामी सही उपचार योजनाहरू सुझाउन सक्छौं। एउटा सम्भावित उपचार आईभीएफ र इन्ट्रासाइटोप्लास्मिक स्पर्म इन्जेक्सन (आईसीएसआई) सम्मिलित एआरटी विधि हुन सक्छ। आईभीएफमाहामी प्रयोगशालाको डिशमा अण्डासँगै धेरै शुक्राणुहरू राख्छौं। त्यो मौकामा अण्डालाई निषेचन गर्नको लागि शुक्रकिट प्रवेश गर्छ कि गर्दैन भनेर हेरिन्छ। यदि प्रवेश गरेको खण्डमा हामी यसलाई गर्भाशयमा रोप्छौं। आईसीएसआई विधिमा भने हामी निषेचनका लागि शुक्राणुलाई सिधै अण्डामा इन्जेक्सन गर्छौं।   सभार -स्वास्थ्य खबरपत्रिका  

(प्रजनन् विशेषज्ञ होमागाईं इन्दिरा आईभीएफ केन्द्रकी प्रमुख हुन्।)

प्रतिक्रिया लेख्नुहोस्