पर्सा – सशस्त्र प्रहरी पर्साले भन्सार छलीका करिव ७ लाख बराबरको बिभिन्न समानहरु फेला पारी भन्सार दाखिला गरेको छ ।
मंगलवार प्रस्ताव सीमा सुरक्षा गुल्म वीरगंज बाट खटेको सशस्त्र प्रहरी टोलीले सो समान पक्राउ गरी भन्सार दाखिला गरेको हो ।

सशस्त्र प्रहरीले वीरगंज १६ इदगाह चौकबाट भारत देखि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा चार लाख एघार हजार बराबरको किराना, कस्मेटिक, अमूल चिज तथा औषधीहरु बरामद गरेको थियो । यसैगरी सोही गुल्मबाट खटेको सशस्त्र प्रहरी टोलीले करिव साढे दुई लाख बराबरको १२५ थान साडी, ८ थान कम्प्युटर, सिपियु फेला पारी भन्सार दाखिला गरेको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।

यसैगरी आजै सोही गुल्मबाट खटेको सशस्त्र प्रहरी टोलीले वीरगंज २५ श्रीसिया बाट भन्सार छली गरी भारतबाट ल्याउदै गरेको अवस्थामा एक लाख आठ हजार बराबरको १०८ थान कुर्ता सुरुवाल बरामद गरी भन्सार दाखिला गरेको प्रवक्ता सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्