वीरगंज । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आज बिहान करीब १० बजे भएको यात्रुवाहक बस दुर्घटनामा १ जना महिला गम्भीर घाइते हुनुको साथै १३ जना घाइते भएका छ्न ।
रौतहट मलंगवा बाट वीरगंज का लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो । अन्य गाडीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी गराएका छ्न ।
उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छिन् । रौतहट बस्ने अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रवक्ता काफ्लेले बताए ।
घाइतेहरुको सिमरा स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाईते भएकी सन्झा देवी लाई पर्साको नरायणि बयोध्या अस्पतालमा रेफ गरिए को प्रवक्ता बताएका छन् ।
बसका चालक सर्लाहि मलंगवाका ९ बस्ने करीब ४५ का राजनारायण महतो फरार छन् भने सहचालक मलंगवाका राकेश कुमार साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।
चालक फरार रहेकाले उनको खोजी हुनुको साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । बसमा करीब २५ र २६ जना यात्रु रहेका थिए ।
घाइतेहरुको बिवरण हेर्नुहोला