काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राख्नुभएको प्रश्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो ।
तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।