काठमाडौ- नेपाली क्रिकेटर आसिफ सेखले टि २० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताउनुभएको छ ।
शुक्रवार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताउनु भयो । उहाँले विश्वकपबाट धेरै सकारात्मक कुराहरु लिन सकिने बताउनु भयो । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर नै अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्वकपमा अनुभवी टिमहरुसँग खेलेपछि हामी पनि त्यस्ता टिमहरुलाई हराउन सक्छाँै भन्ने आत्मविश्वास बढेको छ । विश्वकप खेल्न टिममा धेरै नै उत्साहित थियौँ । त्यसबाट लिनसक्ने सकारात्मक कुरा पनि धेरै नै छ । अफगानिस्तानबाट पनि खेल्नलाई हामीलाई बोलाउनु भयो । यो धेरै राम्रो पक्ष हो ।’
यस सम्झौताबाट दीर्घकालिन सहकार्य बढ्ने र एक आपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास कन्सलटेन्सीको छ । सम्झौता हाललाई २ वर्षको रहने र आवश्यकता बमोजिम एक आपसको समझदारीमा सम्झौता बढाउँदै जाने बताइएको छ ।