काठमान्डौं- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रश्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताउनुभएको छ ।
धानमन्त्री पुष्कमल दाहाल पदमुक्त हुने बित्तिकै उहाँले संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले उहाँले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दावी समेत गर्नुभयो । सबैभन्दा ठूलो दलको सहमती रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उहाँको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरु चयन गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्वभौम संसद नेपाली जनताले चुनेर पठाएको सांसदहरुले निर्णय गरेका छन् । अनि यो निर्णय कहीँ बाहिरबाट भएको भन्न मिल्छ ? आरोप त जहाँ जे लगाई दिन पनि भइहाल्छ नि । नेपालमा आरोप लगाउनका लागि कुनै ठूलो कुरो छैन ।
यो भ्रमपूर्ण हो, कपोलकल्पित भएको हो, निराधार हो । हामीले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिवद्ध छौं । त्यही अनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ । पहिला त संसदको जानकारी राष्ट्रपतिजीको जानु प¥यो ।
संसद सचिवालयले त्यो गरिसकेपछि दोस्रो चरणमा त्यो काम हुन्छ । पार्टीको तर्फबाट सरकारमा जानेहरुको नामावली प्रक्रिया अघि बढे पछि थाहा र्भइहाल्छ नि । हामी पहिलेनै प्रतिवद्ध छौं कि ३ को प्रयोग कुन बेला हुन्छ भने जुन बेला यो सहमतीको कुरा आउँदैन थियो भने सबैभन्दा ठूलो दललाई आह्वान गर्ने संविधान अनुसार हो । तर सबभन्दा ठूलो दलले नै अब हामीले यो प्रश्ताव गरेका छौं भनेर राष्ट्रपतिजी कहाँ गईसकेपछि २ अनुसार बनाउन मलाई लाग्छ–कुनै समस्या हुने म देख्दिन ।’
प्रवक्ता महतले काँग्रेस एमालेबीचको नयाँ सत्तासमिकरण वाह्य शक्तिले गराएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गर्नुभयो ।