पर्सा – नेकपा एमालेका सांसद प्रभु हजराले अहिले देशमा संकटको रुपमा परेको बाढीपहिरोका कारण ज्यान गुमाएका तथा वेपत्ता रहेको घटनाहरु प्रति दुःख ब्यक्त गरेका छन ।
शुक्रवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दैं सो दुःख ब्यक्त गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले शुक्रवार राती नारायणगढ –मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेको र सो बसमा बेपत्ता भएका यात्रुहरु प्रति दु:ख ब्यक्त गदैं उद्धारको कार्यमा तिब्रता दिन सरकारको ध्यानकर्षण गराएका छन ।
अहिले भारी बर्षाको समयमा रातिमा सवारी साधन चलाउन थप जोखिम हुने भएकोले यस्ता अनुकुल मौसम नबितिदैं साउन, भादौं सम्मका लागी सवारी साधन लाई रातको समयमा संचालनमा रोक लगाउन सांसद हजराले आग्रह गरेका हुन ।
उनले देश संकटमा परेको समयमा पनि प्रधानमन्त्रीले गित गांउने, बजाउनेमा मात्र ब्यस्त रहेको बताएका छन । बाढी पिडित र राहतको लागी उचित ब्यवस्था गरिएको गृहमन्त्रीको कुरा भन्नको लागी मात्र रहेको र यस्ता कार्य कहिकतै नभएको सांसद हजराले बताए ।
उनले देशको विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको क्षतिप्रति चिन्ता ब्यक्त गर्दै मृतकमा भावपुर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संमबेदना समेत ब्यक्त गरेका छन ।