काठमाडौं-शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गायक प्रचण्डबाबु राईको स्वर रहेको गीतमा शब्द-संगीत वसन्त सापकोटाको रहेको छ ।
त्यस्तै गीतको भिडियोमा स्मारिका ढकाल, प्रेम राई र नमराज नेपालको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै गायक यम बरालले गीत राम्रो रहेको र दर्शकहरुले धेरै रुचाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै संगीतकार वसन्त सापकोटाले गीत धेरै पहिला रचना गरेको भएपनि अहिले मात्रै सार्वजनिक गरिएको बताउनु भयो । यस गीत फिमेल भर्सनमा पनि निकाल्ने तयारी रहेको र स्वर बेनिशा पौडेलेको रहने बताउनु भयो ।