काठमाडौं – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित खोला किनारमा दुईवटा शव फेला परेका छन्। नदी किनारको बालुवामा आधा गाडिएको अवस्थामा स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले ती शवहरू उद्धार गरेर चितवनतर्फ ल्याइँदैछ। स्थानीयले खबर गरेपछि अहिले ती शवहरू चितवन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए।
नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो। ती शवहरू शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
यद्यपी उनीहरूको पहिचान भने खुलिनसकेको प्रवक्ता रिजालले बताए।