देश भरीका मुख्य समाचार
१. आदिकविको २११ औं जन्मजयन्ती मनाइयो
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ । सो अवसरमा उहाँका रचना वाचन गर्ने गरिन्छ । आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उहाँको स्मरण गरिएको छ ।
आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गर्नुभएको थियो । आदिकविले रचना गर्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
२. संरक्षणको पर्खाइमा विराट राजाको दरबार क्षेत्र
कोशी प्रदेशको राजधानी विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचिन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ । विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । तर सम्बन्धित निकायबाट उपेक्षित अवस्थामा पुगेपछि महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको दरबार क्षेत्र संरक्षणको पर्खाइमा छ । तीन तहको सरकारले यसको खोज अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासमा चासो नदिँदा स्थानीय स्वयं अग्रसर बनेका छन् ।
राजा विराट र उनको दरबारप्रति अगाध मोह र विश्वास राख्ने स्थानीय आगन्तुकलाई स्वयंसेवी रूपमा ‘गाइड’ गरिरहन्छन् । इतिहासका दृष्टिले प्रसिद्ध रहेको यो क्षेत्रमा अपेक्षाकृत ढंगले सरकारको चासो नपरेका कारण निराश बनेका स्थानीय विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमूल्य सामग्रीको अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाइसक्नुपर्ने भएपनि त्यसो हुन नसकेको गुनासो गर्छन् ।
विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव र पाँच पाण्डव पत्नी द्रौपदी एक वर्षसम्म विराट राजाको दरबारमा गुप्तवास बसेको विश्वास गरिन्छ । जसक्रममा उनीहरूले आफ्नो भेस नै बदलेर राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ । विराटनगरको मुख्य बजारबाट करिव १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलग–अलग समयमा उत्खनन् हुँदा थरीथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन् । जसलाई संग्राहालय स्थापना गरेर संरक्षण गरिएको छ । विभिन्न क्षेत्रमा भेडियारी बस्ती वरिपरि उत्खनन् गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन्, जसलाई आफ्नै किंवदन्ती तथा राजा विराटको गाथासँग गाँसेर पुरातत्वविदहरूले प्रमाणित गर्ने जमर्को गरेका छन् ।
उत्खनन्का बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, शिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, ढुंगाको पिर्का र शिवलिंग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले संरक्षण गरेर राख्नुभएको छ । जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर शहरकै कथा सुनाउने महत्वपूर्ण पुरातात्विक सामग्रीहरू कमलकिशोरको संग्रहालयमा सुरक्षित छन् ।
३. न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्णः न्यायाधीश राउत
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताउनु भयो । उहाँले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठूलो मूल्य चुकाउने बताउनु भयो ।
उहाँले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औंल्याउनु भयो । लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ । उहाँले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताउनु भयो । उहाँले निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गर्नुभयो । न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताउनु भयो । उहाँले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गर्नुभयो ।
४. योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय
नेपाली काँग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्ने भएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।
योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताको आधारमा सरकारमा जाने मन्त्रीहरु छनौट गर्ने निर्णय बैठकले परेको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशुली नदीमा खस्दा करिव ५ दर्जन भन्दा बढी यात्रुहरु अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका ७ जनासहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरी विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्य सम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गर्दै युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुभएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको शोक सन्तप्त परिवारजनमा नेपाली काँग्रेसले गहिरो समवेदना प्रकट गरेको पनि प्रवक्ता महतले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पहिलो छ–नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतीको सरकार गठन सम्बन्धि सहमती भए अनुसार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम गठन हुने नेकपा ९एमाले०का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बजेजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ ।
६ . प्रहरी जवानको परीक्षामा पनि नक्कली परीक्षार्थी ६ जना पक्राउ
प्रहरी जवान (जनपद)पदको लिखित परीक्षा दिँदादिँदै ६ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीले शनिबार विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।
उनका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् । पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका एसपी अधिकारीले जानकारी दिए ।
७. ओली सरकारमा जाने मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिरोका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको २ वटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षण समेत गराएको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय
५. अस्ट्रेलिया सरकारद्वारा एभियन इन्फ्लुएन्जा निगरानीको लागि कोष घोषणा
अस्ट्रेलिया सरकारले एभियन इन्फ्लुएन्जाको सम्भावित प्रकोपको तयारीलाई बढावा दिन कोषको घोषणा गरेको छ ।
कृषि, मत्स्य पालन र वन मन्त्री मरे वाटले उच्च रोगजनक एभियन इन्फ्लुएन्जाको सम्भावित आक्रमणबाट उत्पन्न खतराको सामना गर्न ६.९ मिलियन अस्ट्रेलियाली डलर ९४.६ मिलियन अमेरिकी डलर को प्रतिवद्धता जनाउनु भयो ।
जसले विश्वभर कुखुरा, जंगली चराहरू र जंगली स्तनपायीहरूको उल्लेखनीय मृत्यु भएको छ । वाटले अष्ट्रेलियाको जैवसुरक्षा प्रणाली र भौगोलिक अलगावले देशलाई एभियन इन्फ्लुएन्जाबाट मुक्त राखेको तर अधिकारीहरू उच्च शतर्कतामा रहनुपर्ने बताउनु भयो ।
कोष प्याकेजमा वान हेल्थ सर्भेलेन्स इनिसिएटिभका लागि २।२ मिलियन अष्ट्रेलियाली डलर ९१।४ मिलियन अमेरिकी डलर० समावेश छ । जसले अस्ट्रेलियामा मानव, जनावर र वातावरणीय स्वास्थ्यमा जोखिमहरू पहिचान र न्युनिकरण गर्दछ . १९५ मिलियन अष्ट्रेलियाली डलर ९१।३ मिलियन अमेरिकी डलर० लाई समर्थन गरेको छ ।
६ .नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु
नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा शुक्रवार दुई तले विद्यालय भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १३२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
पठार राज्यको राजधानी जोसमा रहेको प्राथमिक र माध्यमिक विद्यालयको निजी स्वामित्वमा रहेको सेन्ट एकेडेमीको भवन शुक्रवार विद्यार्थीहरूले परीक्षा दिँदै गर्दा भत्किएको हो । भवनमा धेरै कक्षाकोठा र कार्यालयहरू थिए ।
शुक्रबार साँझसम्म उद्धारकर्ताहरूले २२ शवहरू र १३२ व्यक्तिहरूसहित कुल १५४ जनालाई भग्नावशेषबाट निकालेका थिए । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पठार राज्यका सूचना तथा सञ्चार आयुक्त मुसा असोम्सले जानकारी दिनुभयो ।
पठार गभर्नर कालेब मुटफवाङले घटनालाई राज्यको लागि एउटा दुःखद् र ठूलो क्षतिको रूपमा वर्णन गर्दै आपत्कालीन प्रतिक्रियाकर्ताहरूलाई थप पीडितहरूलाई उद्धार गर्न भग्नावशेषहरू मिलाउन आग्रह गर्नुभयो ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले विनाशकारी विकास कल्पना गर्न नहुने बताउनु भयो ।
स्थानीय विज्ञहरूले दुर्घटनाको लागि पुरानो संरचना, भवन नियमहरूको पालना नगरेको र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेका कारण भएको बताएका छन् ।
७. हान्सी फ्लिकद्वारा एफसी बार्सिलोनाको प्रशिक्षण शुरुवात
जर्मन ह्यान्सी फ्लिकले एफसी बार्सिलोनाले प्रशिक्षण शुरु गर्नुभएको छ । जुलाई ११ बाट २०२४÷२५ सिजन शुरु गर्नुभएको हो ।
नयाँ प्रशिक्षकले बिहान र दिउँसो दोहोरो सत्रको साथ बार्सासँग आफ्नो पहिलो प्रशिक्षण सत्रको नेतृत्व गर्नुभएको थियो । युइएफए युरोपियन च्याम्पियनसिप वा कोपा अमेरिका खेल्न नजाने खेलाडी गाबी र अलेजान्ड्रो बाल्डेलगायतले प्रशिक्षणमा भाग लिएका थिए ।
सहायक टोलीका १० फुटबलर पनि सामेल भएका छन् । युइएफए युरोमा खेल्न गएका लामाइन यामल वा लेवान्डोस्की लगायतका खेलाडी र कोपा अमेरिका खेल्न गएका रोनाल्ड अराउजो वा राफिन्हालगायतका खेलाडीले प्रतियोगिता र केही दिनको बिदापछि सहभागी हुने योजना बनाएका छन् ।