
पेन्सिल्भेनियाको चुनावी ¥यालीमा शनिवार साँझ गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । घाइते भएसँगै उहाँलाई मञ्चबाट हटाइएको थियो । उहाँको कान र अनुहारमा रगत लागेको देख्न सकिन्छ । गोली चलाउने व्यक्ति र अर्का एक दर्शकको मृत्यु भएको बताइएको छ । बटलर काउन्टीका जिल्ला अधिवक्ता रिचर्ड गाल्डिंगरकाअनुसार थप दुई जना घाइने भएका छन् । ७८ वर्षीय ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई गोली लागेको र जसले आफ्नो दाहिने कानको माथिल्लो भागमा क्षति पु¥याएको बताउनु भयो । भाषणका क्रममा गाली लागेसँगै ट्रम्पले कानमा हातले समातेको देखिन्छ । साथै सुरक्षाकर्मीहरुले घेरेर सुरक्षित स्थानमा लगेको भिडियोमा देख्न सकिन्छ ।
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताउनुभएको छ । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताउनु भयो । यस्तथा गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताउनु भयो । भिडियो हेर्न यहाँ थिच्नुहोस्
