गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः १२ प्यालेस्टाइनीको मृत्यु

काठमाडाैं – मध्यगाजा स्ट्रिपमा बिस्थापित मानिसहरू बसेको एक विद्यालयको आवासमा इजरायली हवाई आक्रमणमा हुँदा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएका छन् ।

इजरायली विमानले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी फर नेयर इस्टद्वारा सञ्चालित नुसेइराट शरणार्थी शिविरमा रहेको विद्यालयमा कम्तीमा एउटा मिसाइल प्रहार गरेको सुरक्षा स्रोतले बताएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली लडाकु विमानहरूले खान युनिसको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको पालमा बमबारी गरेको एक दिनपछि यो हमला भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्