मुख्ग समाचार
१. राष्ट्र ऋण उठाउने विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मुल रुपमै सुभmाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेश गर्नुभएको थियो । प्रश्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रश्तुत गर्नुभएको सो प्रश्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।
२. यो केपी ओलीको सरकार हो, लामो समय चल्छः खानेपानीमन्त्री यादव
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताउनुभएको छ ।
सोमवार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताउनु भयो । उहाँले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताउनु भयो । उहाँले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झक्कासले चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ ।’
बाइट।।।प्रदीप यादव, मन्त्री, खानेपानी मन्त्रालय
उहाँले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गर्नुभयो ।
३. भन्सार महशुल विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभाले भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेश गर्नुभएको थियो । प्रश्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रश्तुत गर्नुभएको सो प्रश्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
४. प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर भएर काम गर्ने बताउनुभएको छ ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरुको बारेमा केही विषयलाई छानबिन गर्न कार्यदल बनाउने निर्णय भएको पनि बताउनु भयो । उहाँले कार्यदललाई १० दिनको समय दिइएको बताउनु भयो ।
उहाँले घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बारेमा पनि छलफल भएको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘नयाँ सरकार बनेको छ, धेरै चुनौति पनि छन् र अवसरहरु पनि छन् । गम्भीरतापूर्वक हामी अघि बढ्नेछौँ । विधिको शासन कायम हुन्छ, सबैकुरा कानून बमाजिम हुन्छ ।
सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरुको बारेमा केही विषयलाई छानबिन बनाएका छौँ । १० दिनको समय दिएका छौँ । यो घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति के कति कसरी उपलब्ध गराउने कुरामा । घटना पुनरावृत्ति नहुने गरी कस्तो व्यवस्था गर्ने भन्नेकुराको बारेमा कार्यदल बनाउने कुरा भएको छ । प्राकृतिक प्रकोपले भएको जनधनको क्षतिको बारेमा गम्भीर भएर काम गर्नुपरेको छ ।’
उहाँले नयाँ सरकारलाई चुनौति र अवसर रहेको भन्दै गम्भीरतापूर्वक अघि बढ्ने बताउनु भयो ।
५..प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण, २२ सदस्यीय मन्त्रीपरिषद् बिस्तार
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
सोमवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा। आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज नै २ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको हो ।
६.प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ ।
सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो । त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुग्नुभएको थियो । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
७. प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ ।
सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो । त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुग्नुभएको थियो । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
८. प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै लैनचौर पुग्नुभएका उहाँले शहीदको शालिकमा माल्यार्पण गर्नुभएको हो । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर जानुभएको थियो । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीलको शालिकमा माल्यार्पण वं पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुले आज नै पदभार सम्हाल्नुहुनेछ ।
८ परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छः मन्त्री राणा
नवनियुक्त परराष्ट्रमन्त्री डा। आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफूले पाएको जिममेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने बताउनु भयो । उहाँले नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भुमिका उल्लेख्य रहेको बताउनु भयो ।
उहाँले दौंत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने बताउनु भयो । उहाँले विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरुको बीचमा छौँ । हाम्रो पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधिन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिढीका लागि कायम राख्नुपर्छ । यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । यो ठूलो सेना भएको देश पनि होइन, हामी ननएग्रेशनमा, पञ्चशीलमा विश्वास गर्ने देश हाँै । यो जिम्मेवारीलाई अघि बढाउन पनि भुमिका खेल्नुपर्ने देखिन्छ ।
यो पोलिटिक्स पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । यो भन्दा पहिला पनि यस्ता अफ्ठ्यारा भएका थिए । त्यो बेलामा पनि देशले राम्रोसँग मिलेर काम गरेको थियो । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भुमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।’
उहाँले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजि गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताउनु भयो ।
९.खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछुः खेलकुदमन्त्री चौधरी
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । उहाँले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताउनु भयो । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताउनु भयो । उहाँले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरुलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाँै । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाँै ।
हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’तेजुलाल चौधरी, मन्त्री, युवा तथा खेलकुद मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताउनु भयो ।
खेल खबर
१०. काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
सोमवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष भरतबहादुर शाहलगायतले टोलीलाई बिदाइ गर्नुभएको हो ।
माल्दिभ्सको मालेमा हुने प्रतियोगिता जुलाई १८ देखि २३ सम्म हुँदैछ । नेपालले पहिलो पटक उमेरसमूह च्याम्पियनसिप खेल्न लागेको हो । प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।
नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ भने दोस्रो खेल जुलाई २० मा कीर्गिस्तान, तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।
आर्थिक खबर
११.आर्थिक विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेश गर्नुभएको थियो ।
प्रश्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रश्तुत गर्नुभएको सो प्रश्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।
१२. आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छः मन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरुको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।
सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्नुभएका उहाँले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गर्नुभयो ।
उहाँले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताउनु भयो । पदभार ग्रहण गनै पुगेपनि पदभार ग्रहण नगरी फर्किनु भयो ।उहाँले भन्नुभयो, ‘अहिले क्याबिनेट बस्दैछ । तपाईंहरुका समस्याहरु मैले सुनेँ । तर यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’उहाँले समस्या समाधानका लागि आफू तयार रहेको बताउनु भयो ।
दुनिया खबर
१३. टर्कीको शान्ति आह्वानलाई सिरियाले स्वीकार गर्नेछः विदेशमन्त्री फिदान
टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियासँग सामान्यीकरणको लागि उच्च स्तरको आह्वान जारी गरेको बताउनुभएको छ । सिरियाबाट सकारात्मक प्रतिक्रियाको आशा व्यक्त गर्नुभयो । इस्तानबुलमा साउदीका विदेशमन्त्री फैसल बिन फरहान अल साउदसँगै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फिदानले सिरियाली सरकारले टर्किएको शान्तिको आह्वानलाई स्वीकार गर्ने आशा व्यक्त गर्नुभयो । वर्तमान वातावरणले शान्ति र स्थायित्वलाई प्राथमिकता दिएको बताउनु भयो ।
यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियासँगको सम्बन्ध पुनःस्थापना नगर्नुको कुनै कारण नभएको बताउन्ुभएको थियो । मार्च २०११ मा सिरियाली गृहयुद्धको प्रकोपपछि टर्कीको सिरियासँगको सम्बन्ध निकै तनावपूर्ण छ । अंकाराले सिरियाली सरकार विरुद्ध धेरै विपक्षी समूहहरूसँग गठबन्धन गरेको छ ।
१४. दादुराले अफगानिस्तानमा १ सय ६० जनाको ज्यान गयोः डब्लुएचओ
अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । जसमध्ये ८१.१ प्रतिशत दादुराको शंकास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् ।
अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका छन् । दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाईं सर्ने कारकहरू हुन् ।
१५. भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च
भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ६५७.१५५ बिलियन अमेरिकी डलरका साथ सबै समयको उच्च बिन्दुमँ पुगेको हो । देशको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई)द्वारा जारी साप्ताहिक तथ्याङ्क अनुसार जुलाई ६ मा समाप्त हप्तामा यो बिन्दुमा पुगेको थियो ।
अघिल्लो हप्ताको तुलनामा समग्र विदेशी मुद्रा किट्टी लगभग ५.१६ बिलियन डलरले बढ्यो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश विदेशी मुद्रा सम्पती ५७७.११ अर्ब डलर रहेको छ । सुनको सञ्चिति ५७.४३२ अर्ब डलर र विशेष रेखाङ्कन अधिकार १८.०३६ डलर रहेको आरबीआईको तथ्यांकले देखाएको छ । यो साता एफसीएले ४२ अर्ब २९ करोड डलर बृद्धि गरेको छ भने सुनको सञ्चिति ९० करोड ४० लाख डलरले बढेको छ ।