ब्रुनाईले ७८ औं शाही जन्मदिन मनायो

पर्सा – ब्रुनाईले ७८ औं शाही जन्मदिनको अवसरमा परम्परागत ग्रान्ड परेड आयोजना गरेको छ । ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाहको ७८ औं जन्मदिन मनाउनका लागि कार्यक्रमहरू आयोजान गरिएको थियो ।

कार्यक्रम ब्रुनाईको राजधानी शहर बन्दर सेरी बेगावानको प्रख्यात पार्क तमन हाजी सर मुदा ओमर अली सैफुद्दीनमा भएको थियो । जहाँ राज्यका विशिष्ट व्यक्तिहरू तल्लो तहका नेताहरू र अन्य विशिष्ट अतिथिहरू सबैले परम्परागत पोशाकमा सजिएका थिए ।

रोयल ब्रुनाई ल्याण्ड फोर्स, रोयल ब्रुनाई नेवी, रोयल ब्रुनाई एयर फोर्स, रोयल ब्रुनाई पुलिस फोर्स र वर्दीधारी सरकारी विभाग र संघका सदस्यहरू राजाद्वारा निरीक्षण गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्