२०८२ बैशाख १३ गते, शनिबार २३:२५

 

पर्सा – नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली काँग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताउनुभएको छ ।

उहाँले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गर्नुभएको हो । उहाँले एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताउनु भयो ।

उहाँले एमाले र काँग्रेसका शिर्ष नेताहरु देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि दुवै नेता ९नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली० जोखिम रहेको बताउनु भयो ।

उहाँले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनउन आवश्यक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताउनु भयो ।

उहाँले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै भmगडा गर्नेकुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ । र कहीँ न कहीँ एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो । त्यो जोखिम उठाउने काममा निम्ति दुवै नेताहरु सहमत हुनुभयो ।

जोखिम छ दुवैलाई । एउटालाई मात्रै छ भन्दिन मैले । हामी कहाँ बढी होला जोखिम । किनकी हामी कुरेर बस्ने पार्टी छौं । ओलीजीले अहिले नै शुरु गर्नुहुन्छ । त्यसकारण जोखिम छ, नभएको होइन । तर जोखिमको बाबुजुत हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नुछ । परिमार्जन गर्नुछ । यो संविधान छुँदै नछोएको संविधान होइन । दुई वटा संशोधन भइसक्यो । त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो ।

त्यसैले यो जीवित दस्तावेज हो । पहिले २०४७ सालको संविधान नचलाउने भन्दा त्यसलाई हामीले फाल्नुपर्ने अवस्था सृजना भयो । त्यसैले संविधानलाई अहिलेसम्मको अनुभव, संघीयताको अनुभव, स्थानीय तहको प्रभावकारिताको अनुभव, अन्तर प्रदेशको समन्वयको अनुभव, संवैधानिक निकाय र अंग, न्यायालयहरुको नियुक्ति । र त्यो नियुक्तिमा आवश्यक सुधार नहुने हो भने ती निकायहरु कार्यकारिणीप्रति नतमतस्क हुने जस्तो बाध्यता सृजना हुन्छ थाल्छ । त्यतातिर ध्यान दिनुछ । केही काम गर्नुछ ।

त्यो काम गर्नका लागि काँग्रेस र एमाले कसरी तयार हुनुपर्छ भने एउटा पार्टी सत्तामा जाने, एउटा पार्टी प्रतिपक्षमा बस्ने हो । त्यो प्रतिपक्षमा बस्ने पार्टीले भोलि प्रतिपक्षमा बस्दापनि लोकतन्त्रको मुल आधारभुत मान्यताहरुमा तलमाथि नहुने स्थितिमा आश्वस्त रहनसक्छ भनेर यो जोखिम उठाउनुपरेको थियो । त्यसैले यो जोखिम उठाउनुभएको छ । दुवै नेताहरुलाई त्यस अर्थमा मैले बधाई दिनुपर्छ ।’

संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमाले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ
देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने बताउनु भयो । काँग्रेसका लागि अझ बढी कठिन बन्ने उहाँको निस्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उहाँको अनुमान छ । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने बताउनु भयो । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताउनु भयो ।

पार्टीको तर्फबाट सबै नेताहरुको सहयोग वर्तमान सरकारलाई रहने पनि बताउनु भयो । उहाँले साना राजनीतिक दलहरुले पनि अभिमान नभइ संयमता अपनाएर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो पार्टीका लागि बढी जोखिम छ यसकारणले कि हामीहरु यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौं । शहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ । हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो । एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि । त्यस अर्थमा उहाँहरुले ३ प्रतिशत गुमाउनु भयो ।

हामीले ६ प्रतिशत गुमायौं २०६४ सालदेखिको अनुभवमा मधेसमा र अन्य ठाउँमा हामीले राम्रो मत पाउँथ्यौं । मधेसमा त्यो मत पाउँदा हामीले थुप्रो जित्थ्यौँ । त्यो आधार हामीले गुमाएका थियौं । यसरी आधार गुमाउने हो भने हाम्रा लागि आगामी दिनको राजनीति सहज नहुने अवस्था छ । ओलीजीको आफ्नो शैलीले एमाले चाहीँ माथितिर लागिराखेको छ भन्ने एउटा इम्प्रेशन दिन सक्नुभएको छ । त्यस किसिमले आश्वस्त गर्न सक्नुभएको छ ।

र आफ्नो लिडरसिपको समय पनि उहाँको लागि अलि धेरै छ । हाम्रो पार्टीको सभापति अन्तिम कार्यकालका लागि हुनुहुन्छ । उहाँले सबै काम सकेर पार्टीले निर्वाचनमा जित्न सक्ने खालको, देशमा कुनै दुर्घटना नपर्ने खालको र आफूले पार्टी र देशमा छोड्न चाहेको उतरदानलाई सुनिश्चित गर्नुपर्ने खण्ड छ । तर सँगसँगै कठिनाई छ , यसकारण छ कि संविधानलाई सबैभन्दा अगाडि राखिदिउँ भने हामीले त्यसका बारेमा शंका गर्ने आधार बढी हुन्छ ।

जनताले हामीसँग खोजेको संविधानमा के छ, त्यो नेताले हेर्लान् । संविधानले एउटा प्रोसेस खोज्छ । हिजो संविधान सभाबाट बनाएको संविधान आज मान्छेसँगको कुराकानी गरेर प्रेसेसमा अघि लैजानुपर्छ । त्यो भन्दा अगाडि एउटा राजनीतिक पुँजी निर्माण गर्नुछ । त्यो भनेको शासनलाई ठिक बाटोमा नलग्दासम्म, कि यो जिम्मेवारी मेरो हो भन्ने ठाउँमा नपु¥याउँदासम्म । आजको दिनसम्म मेरोको सट्टा हाम्रो हुन्छ । हाम्रो भन्दा काँग्रेस र एमालेको हुन्छ । तर त्यो जिम्मेवारी मेरो हो भन्ने ठाउँसम्म नपु¥याउँदा जनता आश्वस्त हुँदैनन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस