वीरगंज-पथलैया बस दुर्घटना अपडेट ३ जनाको अवस्था गम्भिर , १४ जना यात्रु घाईते (सुचिसहित)

पर्सा – मंगलवार बिहान करिब १० बजेको जिल्ला बारा जिल्ला जीतपुर सिमरा उप महानगरपालिका वडा नं २३ भलुही स्थित नोबेल स्टाईल प्रा.लि. अगाडी भैरहवादेखि बिरगंजतर्फ आउदै गरेको ना ७ ख ६०७६ नं. को यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार ३ जना अवस्था गम्भिर रहेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा २२ जना यात्रुहरु सवाररहेका थिए जसमा ३ जनाको अवस्था गम्भिर ७ जना अवस्था मध्यम र ७ जना अवस्था सामन्य गरी  १७ जना यात्रुहरु घाईते भएका छन् ।घाईतेहरु लाई उपचारका लागी बयोधा अस्पताल, बिरगंज पठाइएको छ ।

बस चालक जिल्ला चितवन, राप्ती न. पा. वडा नं.०६ भण्डारा बस्ने बर्ष ३० को सागर न्यौपाने लाई बारा प्रहरीले आफनो नियन्त्रणमा लिई थप अनुसन्धान कार्यभई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्