काठमाडौं – मच्छिन्द्र र मनाङ मस्र्र्याङ्दी क्लवले ललित स्मृति एन्फा यु–१८ युथ लिग फुटबलमा सुखद् शुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलवार सम्पन्न खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लव र मनाङले संकटा क्लवमाथि समान १–० को जित निकालेका हुन् ।

दिनको पहिलो खेलमा मनाङले संकटामाथि साँघुरो जित निकाल्दै तीन अंक बटुल्न सफल भयो । विशाल चन्दले पहिलो हाफमा गरेको गोल नै मनाङको जितका लागि पर्याप्त भयो । उनले ४० औं मिनेटमा गोल गरेका थिए । माइकल थापाले लेफ्ट साइडबाट दिएको पास नियन्त्रणमा लिँदै उनले पेनाल्टी बक्सबाट गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भएपनि गोल सम्भव भएन र मनाङले साँघुरो जित निकाल्यो । यससँगै संकटाले हारबाट यस संस्करणको शुरुवात गरेको छ । दिनको दोस्रो खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई निरास पा¥यो ।

यसै सिजन एन्फा यु–१६ युथ लिग च्याम्पियन समेत रहेको मच्छिन्द्रले यु–१८ युथ लिगमा पनि सुखद् शुरुवात गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरी टुङ्गिएको थियो । तर दोस्रो हाफमा आर्मीका चार डिफेण्डरका बीच मच्छिन्द्रले गोल गर्दै अग्रता लियो ।

७९औं मिनेटमा कविर तामाङले गरेको गोल नै निर्णायक बन्यो । भुपेन्द्र धरालाले दिएको थ्रु पास नियन्त्रणमा लिँदै उनले चार डिफेण्डरका बीच उत्कृष्ट गोल गरेका थिए । गत शहीद स्मारक ‘ए’ डिभिजन लिगका १२ क्लवका टोलीले यु–१८ लिग खेलिरहेका छन् ।

आईतवारदेखि शुरु भएको यु–१८ लिगमा एनआरटी, खुमलटार र नेपाल पुलिस क्लवले सुखद् शुरुवात गरेका छन् भने जावलाखेल र एपिएफले १–१ को गोलको बराबरी नतिजा सामना गरेका छन् ।

यस लिगको विजेताले एक लाख र उपविजेता ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि समान १५ हजार रुपैयाँ पाउने एन्फाले उल्लेख गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्