काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज साउन ३ गते बिहिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया लेख्नुहोस्