काठमाडौं- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जारी ललित स्मृति एन्फा यु–१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीवार एपिएफले सातदोबाटो युथ क्लवमाथि २–१ को जित निकाल्दै पहिलो सफलता प्राप्त गरेको हो । आफ्नो दोस्रो खेलमार्पmत एपिएफले जित आत्मसात गर्दा सातदोबाटो युथले दोस्रो हार सामना गरेको छ ।
पहिलो खेलमा एपिएफ जावालाखेल युथ क्लवसँग १–१ को बराबरीमा रोकिएको थियो । सातदोबाटो भने छिमेकी टोली खुमलटार क्लबसँग २–० ले पराजित भएको थियो । बिहीवार एपिएफलाई जित दिलाउन विकास टिटुङ र किशोर गुरुङले गोल गरे ।
सातदोबाटोका योहान लिम्बूले एक गोल फर्काए पनि हार टार्न सकेनन् । खेलको १३ औं मिनेटमा नै एपिएफले विकासको गोलमार्फत अग्रता लियो । कप्तान रोहित गोलेले गरेको कर्र्नर बललाई विकासले हेडरमार्पmत जाली चुमाएका हुन् । त्यससँगै पहिलो हाफ १–१ को बराबरी भयो । ६७ औं मिनेटमा किशोरले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । साजन योन्जनले लेफ्ट कर्नरबाट दिएको बललाई पेनाल्टी क्षेत्र अनर्माक किशोर सहजै गोल गरेका हुन् । इन्जुरी समयमा योहानले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे ।
तर त्यो पर्याप्त बन्न सकेन र सातदोबाटोले दोस्रो हार सामना ग¥यो । बिहीवारकै दोस्रो खेलमा नेपाल पुलिस क्लवले संकटा क्लवलाई २–० ले हराउँदै दोस्रो जित निकाल्यो । पुलिसको जितमा रन्जित लामाले दुुई गोल गरे । पहिलो हाफमा बराबरीमै सकियो । दोस्रो हाफको ७७औं संकटाको डिफेन्सले राम्रोसँग क्लियर गर्र्न नसक्दा गोल खान पुग्यो । रञ्जितले पेनाल्टी बक्सबाटै गरेको प्रहार संकटाका कृष्णबहादुर आलेले रोक्ने प्रयास गरे पनि बलले जाली चुम्यो ।
८० औं मिनेट नै रन्जितले पेनाल्टी क्षेत्रबाटै गरेको प्रहार माथिल्लो बारमा ठोक्किएर गोलमा परिणत भयो । त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले दोस्रो हार सामना ग¥यो । यसअघि पहिलो खेलमा पुलिसले थ्रीस्टार क्लबमाथि ७–२ को जित निकाल्दा संकटाले भने मनाङ मस्र्याङ्दीलाई १–० को नतिजा सुम्पिएको थियो ।