काठमाडौ – राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताउनु भयो ।
उहाँले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गर्नुभयो । उहाँले १० वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने बतउनु भयो ।उहाँले वर्तमान संविधानलाइ संशोधन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज नेपाली जनताले जे अपेक्षा गरिरहेका छन्, यो सरकारबाट मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र हामीले जुन करिव १० वर्षमा अभ्यास गरेको संविधान छ, यो संविधानलाई हामीले अभ्यास गर्ने क्रममा अझै यसलाई वैज्ञानिक बनाउने कुरा, संशोधन गर्ने कुरा उठेको छ । यो विषयमा पनि नेपाली जनताले एउटा खालको अपेक्षा र चासो राखेका छन् । यसमा सरकार सफल होस् ।’
सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।