पर्सा – दिल्ली पब्लिक स्कुलको बस तस्करीमा संलग्न, बस सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रमा सशस्त्र प्रहरी पर्साले आज भन्सार छलीका ४९ लाख १० हजार बराबरको अवैध समानहरु पक्राउ गरेको छ ।सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ ल्याउदैं गरेको भन्सार छलीका सो समानहरु पक्राउ गरेको हो ।
शुक्रवार बिषेश सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको प्रहरी टोलीले दिल्ली पब्लिक स्कुलको प्रदेश २–०३–००१ क ०११६ नम्बरको बसलाई संकास्पद रहेको भन्दैं चेकजाँच गर्दा बसबाट २ लाख ६३ हजार बराबरको कपडा तथा मोबिल लगायतको भन्सार छलीका अवैध समानहरु बरामद भएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।
बस स्कुलमा अध्ययनरत भारतीय बिधार्थीहरुलाई रकसौल छोडेर फर्किने क्रममा वीरगंज १६ भन्सार मेनगेट अगाडी नै चेकजाँच गर्दा सो समानहरु बरामद भएको र बारा जिल्लाको परवानीपुर गाँउपालिकाको वडा नम्बर ४ का ३२ बर्षीय किशोरी राम (चालक) र वीरगंज ११ श्रीपुरका ४२ बर्षीय दिपक गिरी( सह–चालक) समेत बस नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
दिल्ली पब्लिक स्कुलको बस कै माध्यमले तस्करी मौलाएको देखिन्छ । स्कुल प्रशासन र बस चलाकहरुलाई मिलाएर बिगतको लामो समय देखि भारतबाट नेपाल र नेपाल देखि भारत तर्फ अवैध तस्करीको कारोबार हुदै आएको स्रोतको दाबी छ।बिधार्थीहरु लाई पर्याउन बस आवतजावत गरिरहेको सोचेर कसैले यता तर्फ ध्यान दिन नसकेको देखिन्छ। एउटा स्कुलको बसको माध्यमले यस्ता गैर कानुनी गतिबिधि हेरेर अहिले आश्चर्य चकित बनाएको छ।
बस लामो समय देखि नेपाल भारत आवतजावत गरिरहेको छ, यो घटना हेर्दा यस स्कुल र यो बसका कारणले गर्दा अहिलेसम्म कतिको राजस्व चुहावट भएको होला जो कोहीले पनि बुझ्न सक्ने छन।प्रहरीले बस चेकजाँच गर्दा आज यो घटना बाहिरियो, तर यस्ता कतिपै ठुला मात्रामा गैर कानुनी तस्करीको समानहरू बसको माध्यमले ओसारपसार भएको होला भने आट लगाउन सकिदैन।
दिल्ली पब्लिक स्कुल देखि भन्सार सम्म बिभिन्न ठाउँहरुमा नेपाल प्रहरीको चेक पोस्ट रहेको छ तर अहिले सम्म प्रहरीले हात पार्न नसक्नु नेपाल प्रहरीका प्रमुखहरुको सेटिंगबाट नै तस्करीको लाईन पाएको हो कि प्रश्न खडा भएको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बसको अनुमानीत मुल्य ३०लाख बराबरको मुल्यांकन गरी बस चालक र सह चालक सहित समान समेत आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता सिंहले बताएका छन ।
यसैगरी सोही प्रास्तावीत सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाईल टोलीले बि.आर ०५ ए.के १३२१ नम्बरको स्कुटी एवंम बिभिन्न सर्वजनीक सवारी साधनको माध्यमले भारतबाट नेपाल तर्फ ल्याउदैं गरेको करिव ९ लाख बराबरको भन्सार छलीका अवैध किराना समान, कपडा, डाटा केबल, औषधी लगायतका समानहरु पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरीले पक्राउ गरेको स्कुटीको अनुमानीत मुल्य १ लाख २५ हजार मुल्यांकन गरि समान सहित आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको हो । भने सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पोखरीयाको टोलीले बन्काटवाबाट भन्सार छलीका ६ लाख ३६ हजार बराबरको बदाम, लावा मिठाई, नरिवल, चिउरा, चिनि र चामल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वीगंज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता सिंहले जानकारी दिएका छन