काठमाडौं-नारायणगढ-मुग्लिनमुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको बस र यात्रुहरुको खोजीका लागि आजबाट भारतीय उद्धार टोली खटिएको छ।
उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको हो। उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिएको गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए।
गत असार २८ गते सिमलतालमा सिमतालमा दुघटनाको आज आठौँदिन हो । अहिले सम्म बिभिन्न ठाउँमा गरी २३ वटा सवभेटिएको छ । दुई बसमा गरी ६५ जना सवार ३ जना सकुशल फेला परेका थिए । अझौ ३९ यात्रु र बसको अवश्था थाहाँहुन सकेको छैन् ।