फोहर फालेको विषय लाई लिएर वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले शुक्रवार पावर हाउस नजिक रहेको  प्राइम अटो ट्रेडर्सका मालिक माथि हातपात गरेका छन।

गोप्य खबर संग कुरा गर्दै प्राइम अटो ट्रेडर्सका मालिक संदिप गुप्ताले नगर प्रहरीले आफूहरुमाथि ज्यादती संगै हात पात गरेको बताएका छन । मेरो अफिसको केही फोहर हरु महानगरपालिकाको ट्रयाक्टरमा फ्यालनका लागि आफ्नै अफिसको जमिनमा राखेको तर नगर प्रहरीले बिना कारण आफू लाई हातपात गरेको बताएका छन ।

उनले केही संख्यामा रहेको नगर प्रहरीहरु ले आफ्नो अफिसको क्याबिनमा गुण्डागर्दी शैलीमा पसेर फोहर फालेकोले को निहुँमा जबर्जस्ती रु ५००० चिट काट्न लगाएको बताए । त्यस्तै आफुले कुन नीति नियम प्रावधानको आधारमा शुरु मै महानगरपालिकाले रु ५००० चिट काटेको कुरा सोधे पछि नगर प्रहरीकाले आफुलाई हातपात गर्दै अपहरण शैलीमा वीरगन्ज महानगरपालिका कार्यलय लगेको बताए ।

वीरगन्ज महानगरपालिकामा आम सर्व साधारण नगरको स्वतन्त्रता र कानुनी अधिकार हराएको छ । हमी आम जनता हौ कुनै अपराधि हैन , तर नगर प्रहरीमा भाग बन्डाको आधारमा बिना कुनै प्रशिक्षणआफनो कार्यकर्ता भर्ना भएका कुरा सुनि आएको थिए तर आफु मार्थी पदा त्यो १०० प्रतिशत सही भएको अनुमान गरे ।

कुनै जघन्य  अपराधि शैलीमा म लमई मेरो चरित्र हत्या हुने गरी ब्यवहार गरियो । यसले महानगरमा गुण्डा राज आएको मैले बुझेको छु साहले भने । के हमी अपराधि नै हो ? ब्यापार ब्यवसाय गर्नु अपराध हो ? अनि मनलाग्दो फईन काटने, भिडियो बनाउने , त्यस लाई सार्वजनिक गर्ने कुन नियममा लेखेको छ ?  हो मैले बारम्बार त्यहि गल्ती गरेको भए नियम अनुसार जुर्माना काटने अधिकार हो , काटिन्थ्यो तर भिडियो बनाई मरो चरित्रहत्या गर्ने अधिकार महानगरलाई कस्ले दियो ?  उनले प्रशन गरे ।

गुप्ता लाई नगर प्रहरीको टोलिले फाइन मात्र काटेनन् उनको भिडियो बनाई सर्वजन गर्ने धम्की दिदा साह रिसाएका थिए र भिडियो न बनाउन प्रतिकार गरे नगर सरसफाइको जिम्मा पाएका नगर प्रहरी मिना बजार , बिपी पार्क र फुटपाथमा ध्यान केन्द्रीत गर्नुको साटो आम ब्यापारिक लाई तर्साउने र सश्स्तो लोकप्रियता कमाउने दाउमा लागेको साहको आरोप छ ।

यता सहरको मुख्य बजार मिना बजारमा ब्यापारीहरुले सडकनै अवरोध गरी आफनो ब्यापार ब्यवसाय संचालन गर्दै आएका छन् । त्यस्तै बिपी पार्कमा समेत तरकारी तथा फलफुल ब्यवसाय संग मासिक लाखै रकम नगरपालिकाको सरसफाई तथा नगर प्रहरीको ईन्चार्ज उठाउँदै गरेको आरोप नगरप्रहरी माथी लाग्दैन् आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्