
काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
महामन्त्री थापाले असार ६ गते ९भोलि० प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संसय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताउनु भयो ।
जय नेपाल फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुइ पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संसय रहेको जिकिर गर्नुभयो ।
उहाँले काँग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउदै एमाले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राख्नुभयो ।उहाँले भन्नुभयो, ‘आजको रियालिटी के हो भने नेपाली काँग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो याक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन ग¥यौं रु भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकी उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोली राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दाखेरी, संसदमा आफ्नो विचार राख्दै गर्दाखेरी यतिवटा बुँदामा नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुदाको बीचमा भनिरहेको छ ।
अव यो सात बुदा के हो भन्ने बारे भोली त्यहाँ पढेर सुनाउनु पर्छ भन्ने म ठान्दछु । किन रु हामीले त पढ्यौं त्यसलाई । पढेकै आधारमा हामीले पार्टी भित्र निर्णय ग¥यौं । तर त्यो पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तिमा त्यसको मर्यादा राखौं भन्ने सोच्यौं । र, स्वयं त्यसको एउटा हस्ताक्षरकर्ता आफै प्रधानमन्त्री बन्नु भएको हुनाले उहाँको जिम्मेवारी पनि हो । अवसर पनि हो । र मलाई त्यो विश्वास पनि छ ।
त्यसैको आधारमा हामीले २, ३ वटा कुरा गर्नुपर्ने छन् । पहिलो कुरा हामीले स्थिरता दिने भन्यौ । किनभने नेपालमा सरकारहरु एकदमै बदलिए । अब हामी दुईवटा मिलेपछि २०८४ सालसम्म हामी तलमाथि गर्दैनौं भन्यौ । र त्यसमा हामीले स्पष्टसँग के भनेका छौ भने एउटा चरणसम्म नेकपा एमालेका अध्यक्षको नेतृत्वमा सरकार रहन्छ । त्यसपछि नेपाली काँग्रेसका सभापतिको नेतृत्वमा सरकार रहन्छ ।
काँग्रेस एमाले बीच जुन हस्ताक्षर गरिएको छ–सरकार आलोपालो चलाउने, यो गर्ने उ गर्ने भनेर भन्ने कुार छ । यो तलमाथि हुँदै गर्दाखेरी यो अन्तिम भनेपनि हुन्छ । पार्टी भित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ ।
ओलीजी अध्यक्ष रहनुभएको एमाले छ । उहाँहरुले हस्ताक्षर गर्नुभएको हो यो । उहाँहरु एक अर्काबीच यति धेरै धोकाधडी भईसकेको छ कि मानिसहरुको मनमा संसय छ । तर यो उहाँहरुले प्रमाणित गर्नु पर्छ । काँग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौ । नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो ।’
महामन्त्री थापाले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले काँग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो । उहाँले आफू भने एमाले माओवादीसहितका दलहरु मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभएपनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताउनु भयो ।
महामन्त्री थापाले दुई ठूला दलहरुको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमती कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गर्नुभयो ।
