मनोज यादवर / सर्लाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पुर्व भुमिसुधार राज्य मन्त्री रामचन्द्र रायको हिजो राती ११ :३० बजेको समयमा केही अज्ञात ब्यक्तिको समूहले धारिलो हतियार कत्ताको प्रयोग गरि निर्ममतापुर्वक हत्या गरेकोमा छ।

सर्लाहीको चन्द्रनगर गााउँपालिका वडा न.१ रतनपुर स्थित (फार्महाउस)  बनाइएको घरमा उनको हत्या भएको हो ।मृतक रायको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवमा राखिएको छ।

घटना स्थल रतनपुरमा अहिले सिकारु कुकुरको परिचालन गरि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा सुक्ष्म रुपमा अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्