काठमाडौ –राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गर्नुभएको छ ।
सोमवार सभा बैठकमा बोल्दै सदस्य मिश्रले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक आवश्यक भएको बताउनु भयो ।
उहाँले काँशी विश्वनाथको समेत मूक्ति सार्वजनिक भएको भन्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको बताउनु भयो । उहाँले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । कृषि उत्पादन माछा,मासु,दुग्ध र तरकारीमा आत्मनिर्भर भएर निकासी समेत गर्नसक्छौं । वर्तमान सरकारले यो काम गर्न सक्नुपर्छ । पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔं । काँशी विश्वनाथको मूक्ति सार्वजनिक भएको छ ।
पञ्चमुखी शिव भगवानको यति राम्रो भूर्ति विश्वमा कँही पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।’
उहाँले सरकारले माछा,मासु,दुध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने बताउनु भयो ।