काठमाडौ – राष्ट्रिय सभाका सदस्य जगतबहादुर पार्कीले वर्तमान सरकार भ्रष्टाचार निर्मुल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पार्कीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारमा भ्रष्टचारमा संग्लन भएका मानिसहरु सहभागि भएकाले वर्तमान सरकारले भ्रष्टाचार निर्मुल गर्ने विश्वास नभएको बताउनु भयो । उहाँले अघिल्लो सरकारले कुनै गलत काम नगरी भ्रष्टाचारका फाइल खोल्ने डरमा नयाँ गठबन्धन भएको दाबी गर्नुभयो ।
उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारले इतिहासमा पहिलो पटक सबैभन्दा बढी भ्रष्टाचारीहरु जेल हाल्ने काम गरेको बताउनु भयो ।
उहाँले भ्रष्टाचार र सुशासनको पक्षमा काम गरिरहेको सरकार ढाल्नुको औचित्य नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारमा भ्रष्टचारमा संग्लन भएका मानिसहरु सहभागि भएकाले वर्तमान सरकारले भ्रष्टाचार निर्मूलन गर्छ भन्ने विश्वास छैन ।
अघिल्लो सरकार ढाल्नुपर्ने कारण के हो । सरकारले के गल्ती गर्नुपरेको थियो , सरकार ढाल्नुपर्ने अवस्था सिर्जना भयो । प्रचण्ड सरकारले इतिहासमा पहिलो पटक सबैभन्दा बढी भ्रष्टाचारीहरु जेल परेका थिए ।
भ्रष्टाचार र सुशासनको पक्षमा काम गरिरहेको सरकार ढाल्नुको औचित्य छैन । वर्तमान सरकार भ्रष्टाचार निर्मूल र सुशासन ल्याउन होइन ।
भ्रष्टाचारीलाई जोगाउन नयाँ गठबन्धन बनेको हो । सरकारलाई जनताले विश्वास गर्ने वातावरण बनेको छैन ।’
उहाँले वर्तमान सरकार भ्रष्टाचार निर्मूल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउन नयाँ गठबन्धन बनेको भन्दै सरकारलाई जनताले विश्वास गर्ने वातावरण नभएको उल्लेख गर्नुभयो ।