काठमाडौ- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको समग्र विकासमा एक भएर लाग्न आह्वान गर्नुभएको छ ।

सोमवार तिज गीत ‘नाचिदे कान्छी’ सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका लागि आफैँले गर्नुपर्ने भन्दै कोही पनि व्यक्ति स्वर्गबाट आएर देश विकास हुन नसक्ने बताउनु भयो ।

उहाँले कमजोरी र त्रुटीलाई सच्याउँदै कर्णाली प्रदेशलाई समग्रतामा शिखरमा पु¥याउनुपर्ने बताउनु भयो । उहाँले सिंगो देश र अन्य प्रदेशको दाँजोमा अग्र स्थानमा कर्णाली प्रदेशलाई लिएर जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले कर्णाली प्रदेशलाई अग्र भागमा लैजान एकता, समर्पण, निष्ठा, त्यागको आवश्यकता रहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘हामीले हाम्रो देशको लागि, हाम्रो कर्णाली प्रदेशको लागि समग्रतामा धेरै गर्नुछ । त्यो गर्ने कसैले होइन, हामीले हो । हामीले अरु आएर गरिदिएला, कोही स्वर्गबाट आएर गर्ला, कोही कसैले गर्ला भनेर सोच्यौँ भने हामीले गल्ती गर्दैछौँ ।

त्यसैले ठिक गरेपनि हामीले गर्ने हो, बेठिक गरेपनि हामीले गर्ने हो । प्रगति गरेपनि र कमजोरी गरेपनि हामीले गर्ने हो । त्यसैले हाम्रा कमजोरी र त्रुटीलाई सच्याउँदै हामीले कर्णाली प्रदेशलाई समग्रतामा शिखरमा पु¥याउनुछ ।

सिंगो देश र अन्य प्रदेशको दाँजोमा अग्र स्थानमा कर्णाली प्रदेशलाई लिएर जानुछ । त्यसको लागि हाम्रो एकता, समर्पण, निष्ठा, त्याग र हामी सबै बीचको सहकार्य र सद्भाव पहिलो शर्त हो । त्यसका लागि हाम सबै एक हुनुपर्छ ।’

उपसभापति खड्काले कर्णालीका समग्र नागरिकको प्रगतिमा एक भएर जुट्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्