पर्सा- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन फास्ट ट्रयाकमा पारित हुने बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित गर्ने बताउनुभएको हो ।

निजामति कर्मचारीलाई व्यवस्थित गर्न नसकेको र मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनु भयो । कार्यविधि बनाइसकेपछि स्थानीय तहको बेथिति अन्त्य हुने बताउनु भयो । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन बनाइने पनि बताउनु भयो ।

उहाँले सरकारमा आफूलाई अवसरकासाथ साथै चुनौति रहेको पनि बताउनु भयो । सरकारलाई आर्थिक मन्त्री अन्त्य गर्ने, विकासका आयोजना सम्पन्न गर्ने लगायतका चुनौति रहेको बताउनु भयो । सरकारले काम शुरु गरिसकेको भन्दै सबै चुनौति पार गरी अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्