पर्सा – विरगन्जको आदर्शनगर रंगशालामा खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । बाराको बारागढी गाउँपालिका खोपवा घर भई हाल वीरगञ्जको नगवामा बस्दै आएका १२ वर्षीय उज्जवल चौधरीको मृत्यु भएको हो ।
विरगन्जको मुनलाईट माद्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत उज्जवलको फुटबल खेल्न गएको बेलामा मृत्यु भएको हो । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीकाअनुसार खेल्ने बेलामा पोल लडेर शरिरमा परेपछि उज्जवलको मृत्यु भएको हो । उनको शबलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
विद्यालय बिहान ११ बजे नै सकिएपछि बेलुका घरबाट आफै खेल्न गएको बेलामा पोलमा चढ्दा लडेर मृत्यु भएको मुनलाईट माद्यामिक विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए । उनकाअनुसार बेलुका खबर पाउने बित्तिकै आफु घटना स्थल पुगेर घटनाको बारेमा जानकारी लिएका थिए ।
उज्जवलको निधनले अपुर्णिय क्षती भएको उनले बताए । प्रबन्ध निर्देशक केसीकाअनुसार उज्जवल पढाईसँगै खेलकुद र अनुशासन सबैमा उत्कृष्ट थिए । उनको निधनले विद्यालय परिवार अत्यन्तै दुखी भएको पनि उनले बताए ।