पर्सा – गत आर्थीक वर्षमा चेक बाउन्स भएर कालोसूचीमा जर्नेको संख्या ह्वात्तै बढेको छ । खातामा मौज्दात रकम नहुँदा न हुँदै पनि चेक दिएर बाउन्स भएपछि कालोसूचीमा पर्नेहरु बढेका हुन ।

गत आर्थीक वर्ष २०८० -८१ मा मात्रै ३४ हजार २ सय २४ ब्यक्ति तथा संस्था चेक बाउन्स भएर कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।

केन्द्रका अनुसार गत आर्थीक वर्षमा चेक बाउन्समा कारण १ सय ७८ सहकारी तथा संस्थाहरु कालोसूचीमा परेका छन् । कालो सूचिमा पर्नुको मुख्य कारण पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको मन्दी भएको जानकारहरु बताउँछन्।

अहिले सोचेको जस्तो व्यपार व्यवसाय चलेको छैन ।’,अपेक्षित रुपमा आर्थीक सूचकमा वृद्धि भएको छैन । सुधार भैरहेको भएपनि अर्थतन्त्र पूर्ण रुपमा लयमा आएको छैन । गोप्य खबर संग कुरा गदै एक ब्यापारीले भने अर्थ तन्त्र एकाएक रोकेपछि साना ठुला मध्यम सबै खाले ब्यापारीले सोचेको जस्तो ब्यपारहुन न सक्दा निजहरुले एक अर्का लाई दिनु पर्ने लिनुपर्ने रकम रोकियो जसले गर्दा बजारमा सबैको अथीर्क कारोबारमा असर परेको हो ।

अहिले त बैंकको ब्याज तिर्न रकम छैन ,ऋण ‘ तिर्नै त धेरै मुस्किल छ । बोलि काट्न न सक्दा चेक काट्छन् । तर खातामा रकम नहुँदा त्यहि ब्यक्ति कालोसूचीमा पर्छ ।’

प्रतिक्रिया लेख्नुहोस्