काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुग्नुभएको छ ।
बुधवार बिहान दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री दाहाल विमानस्थल जानुभएको हो । प्रधानमन्त्री ओली उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुग्नुभएको हो ।
दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार रहेको बताइएको छ । पाइलट मनिष शाक्यको उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ ।
घटना लगत्तै गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रप्रसाद पाण्डेसहित उच्च अधिकारीहरु वमानस्थल जानुभएको थियो ।