काठमाडौं – सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त गरेको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा। आरती बिछार, डा। रमेश प्रसाद सिंह, डा। प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा। जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्