पर्सा   अनियमित बिधुत कटौती र भोल्टेज समस्या लगायतका समाधानको लागी दवाब स्वरुप आज जनमत पार्टी पर्साले बिधुत प्राधिकरण वीरगन्ज बितरण केन्द्र अगाडि प्रदर्शन गर्नुको साथै ध्यानाकर्षण पत्र पनि बुझाइएको छ।

वीरगन्ज बितरण केन्द्र बाट केहि महिना देखि अनियन्त्रित बिधुत कटौटी र भोल्टेज कम हुने समस्याले स्थानिय लाई सास्ती हुदै आएको छ । सो हि बिषय लाई लिएर जनमत पार्टी पर्साले प्रदर्शन र ध्यानाकर्षण पत्र बुझाएको हो ।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा भएको प्रदर्शनमा पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, सिमा गुप्ता, राजेश चौरसिया, ई.रौनियार, नेताहरु अमरनाथ राठौर, दिपेन्द्र यादव, महेश चौरसिया, सुनिल चौरसिया,राजनारायण मिस्रा, केदार पटेल, सत्युग साह, सुनिल चौरसिया, ई।सुनिल मुखिया, तुलसी राम, युवा नेताहरु मनोज साह, ई.राजुराज गिरी,उदय यादव, संजय साह, सिकिन्द्र राम, राजकुमार गुप्ता, सुनिअन्जना गुप्ता, रेखा यादव, राजकुमार गुप्ता, रम्भा पटेल , पवन ठाकुर लगायत सयौं नेता,कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्