काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ ।
शनिवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पती भएको बताउनु भयो । उहाँले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताउनु भयो ।
युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो भूमिमा मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु यि साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ । यस धर्तीमा मात्रै छ । यस ठाउँमा मात्रै छ । त्यो प्रतिभा हो । यसरी साहित्यको विकास हुँदै आयो । त्यसैले यो साहित्यको अत्यन्त उर्वर थलो हो । यसमा सिद्धिचरण श्रेष्ठ जस्ता युगान्कारी कविहरुदेखि लिएर अरु निवन्धकार, उपन्यासकार, महाकाव्यकारहरु थुप्रै, हास्यव्यंग्यकारहरु त्यस्ता साहित्यकारहरु नेपाली भूमिमा रहे । अहिले त्यो साहित्य, आज त्यो साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ ।’
प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजेपनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताउनु भयो ।