काठमाडाैँ –
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरुको नागरिकता छानवीन गर्न सरकार र संसदीय समितिलाई आग्रह गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरुको नागरिकता र जन्ममितिको विवाद मिडियाहरुमा आएको भन्दै यस विषयमा छानविनको माग गर्नुभएको हो । उहाँले नेपाली सेनाको विषयमा यस्ता कुरा उठ्नु राष्ट्र र देशको सुरक्षाको लागि राम्रो नहुने भन्दै छानवीन गर्न रक्षा मन्त्रालय र राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभयो । उहाँले नेपाली सेना देशको गौरव भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो देशको नेपाली सेना देशको गौरव पनि हो । यसले लामो इतिहास पनि बोकेको छ । अहिलेसम्म के भन्दै र बुझ्दै आएको छ भने नेपालमा नेपाली सेना मात्रै एउटा यस्तो संस्था हो, जसमा फोहोरी राजनीतिले धेरै असर गरेको छैन । तर आजकाल पत्रपत्रिका र मिडियामा धेरै कुराहरु आइरहेको छ, उच्च पदस्थमा बस्नुभएका सेनाका अफिसरहरुको नागरिकताको विषयमा, जन्ममितिको विषयमा धेरै चर्चा, प्रतिचर्चा भइरहेको छ । यो संसदमार्फत् म रक्षा मन्त्रालय तथा राज्य व्यवस्था तथा सुशासन समितिलाई पनि आग्रह गर्न चाहन्छु कि यो विषय के हो रु छानविन होस् । यत्रो गौरवशाली संस्थामा यत्रो कुराहरु उठेको राष्ट्रको लागि र हाम्रो सुरक्षाको लागि पनि राम्रो हुँदैन ।’
उहाँले नागरिक उडड्यन प्राधिकरणलाई नियमन गर्ने र सेवा दिने विषयमा छुट्याउनुपर्ने पनि बताउनु भयो ।