पोखरा-
पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृतकमा आरती विक रहेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ८ः३० बजे पोखरा–२१ रामदीबाट बिरौटाको एक विद्यालयमा फर्सेखोलाको तर्फबाट पल्टिएको ६२१९ नम्बरको बस तल्लो सडकमा बजारमा पल्टिएको थियो ।
दुर्घटनामा २७ विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुनेमा पोखरा–१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।
घाइते हुनेमा पोखरा–२१ का ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया बालिका रहेका छन् । वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यासिगढी पोखरा–२१, ४ वर्षीय प्रिन्स विक, ९ वर्षीय दिवास कार्की, ९ वर्षीय अनमिल विक, ५ वर्षीय रोशनराज बराल, पोखरा–१७ का १३ वर्षीय चीन गुरुङ, ६ वर्षीय युजन गुरुङ, ९ वर्षीय पोखरा– २१, १४ वर्षीय प्रकृति कामी, पोखरा–१७ की सिजा विक, पोखरा–२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षीया विशिका पौडेल, १६ वर्षीय राजकुमार राना, ११ वर्षीय विश्व खत्री र ३२ वर्षीय सपना आले।
उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।