सर्लाहो / मनोज यादव
पुर्व राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको दुई जना लाई प्रहरिले आफ्नो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा कबिलासी नगरपालिका -३ घर भइ हाल चन्द्रनगर गाउँपालिका-१ रतनपुर बस्ने निजका कामदार उमेर २५को उजैन राय र गापा-१ रतनपुर बस्ने बिरेन्द्र राय लाई नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।
जग्गा सम्बन्धि मतभिन्नता र आर्थिक प्रलोभनमा हत्या भएको प्रहरीको सुरुवाती अनुमान छ ।