पर्सा-
सिर्सिया खोलाको पानी प्रदुसित गर्ने तीनवटा उद्योगको मुल गेटमा आइतबार र सोमबार वीरगन्ज महानगरपालिकाको टोलीले नगरबाट संकलन गरेको फोहर खन्याएका छन् । उद्योगबाट निस्किएको रसायण युक्त फोहर पानी सोझै सिर्सिया खोलामा मिसाउने अरनिको टेक्सटाईल, सिद्धी टेक्सटाइल र मरियम लेदर उद्योगकोे मुल गेटमा महानगरपालिकाका कर्मचारीले फोहर विर्सजन गरेका हुन ।
उद्योगबाट निस्किएको रसायण युक्त फोहर पानीलाई सोझै खोलामा न मिसाउन पटक–पटक पत्रचार गरी आग्रह गर्दा समेत महानगरपालिकाको आग्रहलाई बेवास्ता गर्दै आएकाले बाध्य भए उद्योगको मुल गेटमा फोहर खन्याउनु परेको महानगरपालिकाका वातावरण निरीक्षक प्रकास ऐरले जानकारी दिनुभयो । उहाँले उद्योगबाट निस्किएको फोहर पानी खोलमा मिसाउदै गरेको अवस्थामा फेलापारी ३ लाख रुपैया जरिवान गर्दा समेत अरनिको टेक्सटाईले महानगरपालिकाले र्निधारण गरेकोे जरिवानको रकम नतिरी खोलाको पानी प्रदुसित गर्र्दै आएपछि चेतावनी स्वरुप फोहर मुल गेटमा हालिएको बताउनुभयो ।
यती गर्दा समेत उद्योगहरुले फोहर पानी मिसाउने क्रम नरोके महानगरपालिकाबाट प्रदान गरिने सेवाहरु उद्योगकालागि बन्द गरिने र थप कडा कदम चालिने निरीक्षक ऐरले चेतावनी दिनुभयो । उहाँले सिर्सिया खोलालाई प्रदुसित गरेको प्रमाणहरु फेला परेपछि यसअघी तीनवटै उद्योगलाई तीन तीन लाख रुपैया जरिवाना गरेपनि फोहर पानी खोलामा मिसाउन बन्द नगरेको बताउनुभयो।
बाराको राम वन देखि नेपाल भारतको सिमाना रक्सौल सम्मा खोलाको तीरमा संचालित रहेका उद्योगहरुको महानगरपालिकाले अध्ययन अनुसन्धान गराउदा सिर्सिया खोलामा उद्योगबाट निस्किएको फोहर मिसाउने २ सय उद्योग पत्ता लागेको र सो मध्य सबै भन्दा बढी रसायण युक्त पानी मिसाउन २० उद्योग रहेको निरीक्षक ऐरले जानकारी दिनुभयो । उहाँले अध्ययनबाट दोषिदेखिएका उद्योगलाई खोलामा प्रदुसित पानी नमिसाउन चेतावनी सहितको पत्र पढाएपनि उद्योगहरुले हालसम्म अटेर गर्दै अएको बताउनुभयो ।
उद्योगहरुका कारण सिर्सिया खोलाको पानी प्रदुसित भई उच्च अमलिए भएपछि त्यसमा रहेका जलचर समाप्त हुने जोखिम उच्च विन्दुमा पुगेको वातावरण निरीक्षक ऐरीले जानकारी दिनुभयो।े उद्योग संचालनको आनुमति दिदा नेपाल सरकारले उद्योगबाट निस्किने फोहर पानीलाई प्रशोधन गर्न प्लान्ट खेरानै पर्ने कानुनी व्यवस्था भएपनि स्थानिय प्रशासनको उदासिन्ताले गर्दा खोला प्रदुसित हुदै गएको उहाको भनाइ रहेको छ ।