पर्सा-
वीरगन्जको सिर्सिया खोलामा रसायण युक्त फोहर पानी हालने क्रम चार दिन भित्र रोकिने उद्योगका संचालहरुले लिखित प्रतिवद्धता व्यक्त गरेका छन् ।
उद्योगबाट निस्किएको फोहर पानी सिर्सिया खोलामा मिसाउदै आएका वीरगन्ज–पथलैया औद्योगिक कोरीडोरमा संचालित अरनिको टेक्सटाईल, सिद्धी टेक्सटाइल र मरियम लेदर उद्योगको मुल गेटमै वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रबाट संकलन गरेको फोहर खन्याउन थालेपछि उद्योगका संचालकहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हँुन ।
वीरगन्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा आज उद्योगका संचालक र महानगरपालिका बिच प्रदुषित पानी खोलामा नमिसाउने वारे भएको छलफलमा महानगरपालिकाले गरेको ३लाख रुपैयाँ जरिवान अरनिको टेक्सटाईले २४ घण्टा भित्र तिर्ने , उद्योगबाट निस्किने फोहर पानीलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न उद्योगले १५ दिन भित्र पानी प्रशोधन गर्ने प्लाण्ट जडानको प्रकृया अगाडी बढाउने लगायतका ४ बुन्दे सहमति भएको महानगरपालिकाले जानएको छ ।
बैठकमा सिद्धी टेक्सटाईका संचालक अशोक मिक्त, अरनिको टेक्सटाइकलका संचालक गौरब गाडिया र मरियम लेदरका संचालक फरुख जमईले लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योगपतिहरुले गरेको लिखित प्रतिबद्धता पुरा नभए महानगरपालिका उनि विरुध कडा कदम चालने नगर प्रमुख सिंहले जानकारी दिनुभयो। उहाँले सिर्सिया नदिमा फोहर पानी मिसाउने उद्योगका संचालकहरुसंग पटक–पटक बैटक बसि अवउपरान्त गर्ने सहमती भएको र ति सहमतहिरु उद्योगपतिहरुले कार्यन्वयन नगरेको बताउनु भयो। महानगरपालिकाको कार्यलयमा उद्योगपतिहरुले आज गरेको सम्झौता कार्यन्वयन नभए महानगर अहिलेभन्दा कडा कदम चालने बताउनुभयो।
महानगरपालिकाले गरेको जरिवान नतिर्ने अरनिको टेक्सटाई उद्योग परिसरमा आजै विहान महानगरपालिकाका कर्मचारीले १६ टेक्टर र २ टिपर फोहर खन्यायपछि उद्योगका संचालकहरु छलफलममा बसी ४ बुन्दे प्रतिवद्धता व्यक्त गरेको महानगरपालिका कर्मचारीहरुको भनाइ रहेको छ ।