पर्सा-
दोहोरो नागरिकता काण्डमा पक्राउ परेका निरञ्जनकुमार अग्रवाल थप तिन दिन हिरासतमा बस्ने भएका छन । अनुसरन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साले म्याद मागेकोमा पर्सा जिल्ला अदालतले आज थप तिन दिन म्याद थप गरेको हो ।
अग्रवाललाई न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गर्ने पर्सा प्रहरीका एसपी कुमोद ढुगेंलले जानकारी दिए । अग्रवालको पक्राउ पछि पर्सा प्रहरी नियत माथि अनेक कोणबाट कुरा उठिरहेको बेला आज अदालतले म्याद थप गरेपछि कानूनी राज स्थापनामा प्रहरीले चालेको कदममा अदालतले समेत मोहर लगाएको चर्चा चल्न थालेको छ ।
निरञ्जन अग्रवाल बिबिध प्रभावको कारण आज नै हिरासत मुक्त हुन सक्ने आशंका गरिएको भएपनि अव तीनदिन उनी प्रहरीको कष्टडीमा बस्नुपर्ने भएको छ, भने बिबिध आशंका खडा भएको उनको नागरिकताको सवालमा जिल्ला प्रशासन कार्यालयलृे दिएको क्लिन चिटको सवालमा समेत अनुसन्धानको तीर सोझिने चर्चा समेत चल्न थालेको छ ।
अग्रवाललाई यस अघि पनि तिनदिनको म्याद थप गरिएको थियो ।